Searching...
Thursday, September 26, 2013

श्रीमतीको पेटिकोटले विवादमा आईन् रेखा थापा

बैकुण्ठराज पराजुली, काठमाण्डौ। ‘यो फुली तिम्रो श्रीमतीको पेटिकोट होइन, जतिबेला मन लाग्यो त्यतिबेला फुकाल्ने’ प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘काली’को प्रोमोमा नायिका रेखा थापाले बोलेको संवाद हो यो । विभिन्न समयमा विभिन्न काण्डले विवाद तथा चर्चामा आउने नायिका रेखा यो वाक्यले यति बेला फेरी फेरी एकपटक आलोचित बन्नु परेको छ ।
सँधै आफुलाई महिलाको पक्षमा उभ्याउँदै आएको बताएउने रेखाको यो संवादले आधुनिक समाजका श्रीमतीहरुबाट नै रेखा आलोचित छिन् । महिलाको अपमान भएको भन्दै अहिले फेसवुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा धेरैले रेखाको यो संवादको आलोचना गरेका छन् ।
यो जमानामा कसैले पनि आफ्नो श्रीमती भन्दैमा जतिबेला पनि जे चाह्यो त्यहि गर्न सक्दैन भन्ने हैसियतमा विरोध गरिएको छ । पछिल्लो समयमा आफ्नै श्रीमानले हिंसा गरेको तथा बलात्कार गरेको भन्दै श्रीमतीले नै श्रीमान विरुद्ध प्रहरीमा उजुरी जाहेर गरेका घटनाहरु यसका ज्वलन्त उदाहरण हुन् ।
यस्तो अवस्थामा नारीको पक्षमा चलचित्र निर्माण गर्छु भन्ने अनि समाजमा दविएका नारीप्रति गरिएका दमन र अन्यायलाई निर्मुल पर्छु भन्ने नायिका रेखा थापाले आफ्नै चलचित्रमा यस्तो प्रकारको संवाद प्रयोग गर्दै नारीको सम्मान गरिन वा अपमान गरिन त्यो भने टिप्पणी गर्न लायक कुरो हो, जुन यो संवाद सुन्दा नै प्रस्ट हुन्छ ।

0 comments:

Post a Comment

Like Us On Facebook