Searching...
Thursday, September 26, 2013

विदेश जाँदा प्रिपेड डेबिट कार्ड अनिवार्य

९ असोज, काठमाडौं । भारतबाहेक तेस्रो मुलुक जाने नेपालीले बैंकबाट अनिवार्य पि्रपेड डेबिट कार्ड लिएर जानु पर्ने भएको छ । नेपाली बैंकको ट्राभल चेक सटहीको सेवा दिंदै आएको अमेरिकन कम्पनीले सो सेवा बन्द गरेपछि कार्ड अनिवार्य भएको हो ।

नगद नै दिन मिल्ने व्यवस्था भएको सानो रकमबाहेक सम्पूर्ण रकम पि्रपेड कार्ड/डेबिट कार्डमार्फत सटही दिनुपर्ने निर्देशन केन्द्रीय बैंकले दिएको छ । विदेश जाने व्यक्तिले बैंकमा नेपाली रुपैयाँ बुझाएपछि बैंकले उसलाई दिने विदेशी मुद्रा ब्यालेन्स भएको कार्ड दिनुपर्नेछ ।
सम्बन्धित व्यक्तिको कार्डमा रहेको ब्यालेन्स र यदि केही रकम नगदमै दिएको छ भने त्यो समेत बैंकहरुले राहदानीमा उल्लेख गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । नेपालमा सीमित बैंकले मात्र यस्तो कार्ड जारीको सुविधा दिएका छन् । ती बैंकले जारी गरेका कार्ड अन्य मुलुकका वित्तीय संस्थाले स्वीकार गर्दछन् ।

यसैबीच, केन्द्रीय बैंकले विदेशी मुद्रामा कार्डमार्फत १० हजार डलर ओभरड्राफ्ट दिन मिल्ने व्यवस्था गरेको छ । बढीमा १० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी बैंकले क्रेडिट कार्ड जारी गर्न सक्ने निर्देशन राष्ट्र बैंकले जारी गरेको छ । यसअघि ५ हजार डलरको क्रेडिट कार्ड जारी गर्न सक्ने व्यवस्था थियो ।

0 comments:

Post a Comment

Like Us On Facebook