भारतस्थित विहारको नेशनल हाईवेमा कार दुर्घटनामा परि २ नेपालीको मृत्यु भएको छ ।
विराटनगरबाट ३६ किलोमिटर दक्षिणमा पर्ने भारत विहारको रानीगञ्जमा मंगलवार राती सो सवारी दुर्घटना भएको हो ।मोरङ प्रहरीले जनाएअनुसार दुर्घटनामा परि मृत्यु हुनेमा विराटनगरका व्यापारी दिलिप बगडियाकी ४४ वर्षिया बहिनी सवितादेवी अग्रवाल र चालक प्रेम राय रहेका छन् ।
भागलपुरबाट विराटनगरतर्फ आइरहेको बा. ८ च ७९३८ नम्बरको कार र मालवाहक ट्रक जुध्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
विहारको नेशनल हाइवेमा रोकिराखेको ट्रकमा आई सो कार ठोक्किएको थियो । दुर्घटनापनि चालक रायको घटनास्थलमै मृत्यु भएको र सविताको विराटनगरस्थित न्यूरो हस्पीटलमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।यस्तै दुर्घटनामा परि घाइते सञ्जु अग्रवाललाई उपचारका लागि सिलिगुडी पुर्याइएको र उनको अवस्ता गम्भिर रहेको छ ।
Thursday, September 26, 2013
Share This To :
Related Post
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment