Searching...
Thursday, September 26, 2013

३ किलो नक्कली सुनसहित ९ जना पक्राउ

२५ साउन, भद्रपुर । नक्कली सुनको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले नौजनालाई पक्राउ गर्नुका साथै तीन किलोभन्दा बढी नक्कली सुनका गरगहना बरामद गरेको छ । झापाको बिर्तामोडमा नक्कली सुनका गरगहनाको कारोबार भइरहेको विशेष सुराकीका आधारमा प्रहरीले विभिन्न ठाउँमा छापा मार्दा नक्कली गरगहनासहित पक्राउ गरी उनीहरुमाथि ठगी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद सुन प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा घैलाडुब्बा-१ बस्ने आयुष ज्वेलर्सका सञ्चालक २८ वर्षीय सन्तोष बराइली, २२ वर्षीय सन्तोष बराइली, ३४ वर्षीय लालबहादुर राई र सुरुङ्गा-१ बस्ने ३० वर्षीय उर्मिला विक रहेका छन् । त्यसैगरी, अनारमनी-३ बस्ने २७ वर्षीय ओमप्रकाश लुहागुन, ३६ वर्षीय मदनलाल अग्रवाल, शनिश्चरे-२ बस्ने ३३ वर्षीय राजन खाती र धादिङ मुरलीभञ्ज्याङ बस्ने २९ वर्षीय अनिल बराइली छन् । उनीहरुमध्येबाट अनारमनी-३ बस्ने मदनलाल अग्रवाल र सन्दीप अग्रवालको गीतादेवी ज्वेलर्स उद्योगबाट नक्कली दुई किलो ८७५ ग्राम र सक्कली ५२३.०३ ग्रामका विभिन्न गरगहना बरामद भएको छ ।
त्यसैगरी, ओमप्रकाश लुहागुनको कोठा र कारखानाबाट १९९ ग्राम नक्कली सुन बनाउन प्रयोग हुने उपकरण बरामद गरिएको छ भने आयुष ज्वेलर्सका सञ्चालक सन्तोष बराइलीको पसलबाट नगद रु ८० हजार र २६.१६ ग्रामको चुरा एक थान बरामद भएको छ । सोही अनुरुप युवराज चिमोरियाको पसलबाट २५.५५ ग्रामको बन्धकी राखिएको ब्रासलेट बरामद भएको छ । रासस

0 comments:

Post a Comment

Like Us On Facebook