आठौँ दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप सकिएको डेढ सातापछि नै फुटबलप्रेमीले पुन: एकपटक दशरथ रंगशालामा नेपाली राष्ट्रिय टोलीलाई हौस्याउने अवसर मिलेको छ । यसपटक सिनियरलाई नभएर जुनियर नेपाली राष्ट्रिय फुटबल टोलीलाई दशरथ रंगशालामा हजारौँ समर्थकले समर्थन दिने विश्वास गरिएको छ ।
जुनियर राष्ट्रिय टोलीले ९ असोजदेखि एएफसी यु–१६ फुटबल प्रतियोगिता छनोटमा प्रतिस्पर्धा गर्दै छ । सो प्रतियोगिताका लागि घरेलु टोलीले नयाँ कप्तानी पाएको छ । छोटो समयमा सिनियर राष्ट्रिय टोलीमा दमदार प्रदर्शन गरी चौतर्फी वाहवाही कमाएका युवा स्ट्राइकर विमल घर्तीमगरको काँधमा टोली रहेको छ ।
जुनियर राष्ट्रिय टोलीले ९ असोजदेखि एएफसी यु–१६ फुटबल प्रतियोगिता छनोटमा प्रतिस्पर्धा गर्दै छ । सो प्रतियोगिताका लागि घरेलु टोलीले नयाँ कप्तानी पाएको छ । छोटो समयमा सिनियर राष्ट्रिय टोलीमा दमदार प्रदर्शन गरी चौतर्फी वाहवाही कमाएका युवा स्ट्राइकर विमल घर्तीमगरको काँधमा टोली रहेको छ ।
प्रशिक्षक बालगोपाल महर्जनले नियमित कप्तान हेमन्त थापामगरको स्थानमा विमललाई सो जिम्मेवारी दिएका हुन् । अन्तर्राष्ट्रिय म्याच एक्सपोजर पाएका विमलको कप्तानीमा नेपाल अन्तिम चरणमा छनोट हुने आशा छ । समूह ‘सी’ मा रहेको आयोजक नेपालले इराक, बहराइन तथा तुर्कमेनिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नयाँ जिम्मेवारी पाएपछि विमल हर्षित त छँदै छन्, कप्तानका रूपमा नेपाली टोलीलाई अन्तिम चरणसम्म पुर्याउनुपर्ने चुनौती उनीसमक्ष छ । कप्तानी पाएपछिको अनुभव विमलले नयाँ पत्रिकासँग यसरी सुनाए :
फुटबल राम्रो खेल्ने मेरो सानैदेखिको इच्छा हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्दै देशलाई उपाधि दिलाउने योजना बनाएको थिएँ । उपाधि अझै सम्भव भएको छैन, तैपनि प्राप्त थोरै अवसरमा आफूलाई प्रमाणित गर्न सक्दो प्रयास गरेको छु ।
उमेर समूहकै भए पनि अहिले नै कप्तान बन्छु भन्ने सोचेको थिइनँ । प्रशिक्षक बालगोपाल महर्जन सरले आसन्न एएफसी यु–१६ च्याम्पियनसिप समूह ‘सी’ छनोट प्रतियोगिताका लागि मलाई कप्तान तोकेको जानकारी दिनुभयो । निकै खुसी लागेको छ । थप जिम्मेवारी थपिएको महसुस गरेको छु । जिम्मेवारीलाई पूरा गर्ने प्रण पनि गरेको छु ।
स्ट्राइकरको भूमिकामा आफूलाई केही हदसम्म प्रमाणित पनि गरेको छु । आठौँ साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गर्न सफल भएँ । त्यसअघि यु–१६ साफ च्याम्पियनसिपमा पनि गोल गरेको थिएँ । त्यसैले अब स्ट्राइकरका साथै कप्तानको भूमिकामा पनि सफल भएर देखाउनुपर्नेछ ।
स्ट्राइकरको भूमिकामा आफूलाई केही हदसम्म प्रमाणित पनि गरेको छु । आठौँ साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गर्न सफल भएँ । त्यसअघि यु–१६ साफ च्याम्पियनसिपमा पनि गोल गरेको थिएँ । त्यसैले अब स्ट्राइकरका साथै कप्तानको भूमिकामा पनि सफल भएर देखाउनुपर्नेछ ।
त्यसका लागि कडा मिहिनेत गर्नेछु । कप्तान भनेको टिमको लिडर हो । सबैलाई राम्रोसँग ‘लिड’ गर्न सक्नुपर्छ । राम्रो नेतृत्व गर्न सकिएन भने खेल बिग्रन्छ । जित्न सकिन्न । यसपटक हाम्रो टिम राम्रो छ । सबै खेलाडी फिट छन् । यु–१६ साफमा पनि हाम्रो टिमले राम्रो खेलेको थियो । त्यसयता राम्रो खेल्दै आइरहेको छ । यही टिमले पाकिस्तानको सिनियर टोलीलाई आठौँ साफअघि ४५ मिनेटको मैत्रीपूर्ण खेलमा (०–०) गोलरहित बराबरीमा रोकेको थियो । त्यसयता यु–१९ लाई पनि जितेका छौँ । एएफसी प्रेसिडेन्ट्स कपको फाइनल चरण खेल्न जान लागेको थ्री स्टारसँग पनि बराबरी खेलेका छौँ ।
त्यसैले यसपटक हामी सफल हुन्छौँ भन्नेमा मलाई पूर्ण विश्वास छ । मेरै कप्तानीमा टोलीलाई छनोट गराएरै छाड्छु । कप्तानको भूमिकामा पनि सफल भएर देखाउँछु ।
कतिपयले मलाई कप्तानीको जिम्मेवारी दिँदा मेरो खेल खस्किन्छ भनिरहेका छन् । खेलाडीबीच तालमेल बिग्रनेजस्ता सवाल पनि उठेका छन् । तर, सबै खेलाडीले मलाई ‘सपोर्ट’ गरेका छन् । पूर्वकप्तान हेमन्त थापामगर पनि मिल्ने साथी हुन् । हामी दुईमध्ये जसले कप्तानी गरे पनि हामीलाई केही फरक छैन । अहिले पनि उनले मलाई सघाइरहेकै छन् । त्यसैले यसमा मैले केही समस्या देखेको छैन ।
प्रतियोगिताको कुरा गर्नुपर्दा हाम्रो समूहमा इराक, बहराइन र तुर्कमेनिस्तान छन् । उनीहरू पनि हाम्रै ‘लेबल’का टोली हुन् । सिनियरमा केही फरक देखिए पनि जुनियर लेवलमा उनीहरू र हामीबिच खासै फरक छैन । प्रशिक्षकले पनि हामी जित हात पार्न सक्छौँ भन्नुभएको छ । उनीहरूविरुद्ध राम्रो प्रदर्शन गर्दै हामीले समूह विजेताकै रूपमा प्रतियोगिताका लागि छनोट हुने योजना बनाएका छौँ ।
यु–१६ साफ फाइनलमा भारतसँग बेहोरेको हारको चोट अझै ताजै छ । यसपटक एएफसी यु–१६ च्याम्पियनसिपका लागि छनोट हुँदै उक्त पराजयको नमीठो अनुभव मेट्नेछौँ । पछिल्लो समय दर्शकले पनि हामीलाई निकै माया गर्नुभएको छ । हाम्रो हरेक सफलता–असफलतामा उहाँहरूको साथ रहँदै आएको छ । यसपटक पनि उहाँहरूको हौसला हाम्रा लागि प्रेरणा बन्ने अपेक्षा गरेको छु । त्यसैले दर्शकलाई फेरि एकपटक रंगशालामै उपस्थित भएर हाम्रो साथ दिन अनुरोध गर्छु ।
0 comments:
Post a Comment