लण्डनस्थित ब्रेडफोर्ड विश्वविद्यालयको छाला विज्ञान केन्द्रका निर्देशक डेसमण्ड टोबिन र मेडिकल इन्जिनियर कोलिन ग्रान्टले टाटुको असर बारेमा गहन शोध गरी यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरुका अनुसार टाटुमा डाइको प्रयोग गरिने भएकाले यसले सरीरको छालाको रंग स्थायी रुपमा बदलिदिन्छ । टाटुको रंगमा प्रयोग गरिने सुक्ष्म पदार्थहरु -नानो पार्टिकल्स) समयक्रमसँगै रगतमा मिसिन्छन् । टाटुको त्यो मसीमा क्यान्सर लगाउने तत्व अर्थात कार्सिनोजेन समेत पाइने भएकाले त्यो रगतमा पुगेपछि त्यसले क्यान्सरको जोखिम बढाउँछ ।
टाटुको रङमा पाइने त्यो हानिकारक तत्वले रक्त क्यान्सर देखि लिएर पित्तथैली तथा मृगौलामा समेत असर पार्ने शोधकर्ताहरुको भनाइ छ । सरीरमा धेरै टाटु खोपेकाहरुका रगतमा हानिकारक तत्व बढि मिसिने र रगतमा भएको त्यस्तो तत्व मृगौलामा समेत धेरै पुग्ने भएकाले यसले कालान्तरमा मृगौलालाई पूर्णरुपमा क्षतिग्रस्त बनाउने खतरा हुन्छ ।
शोधकर्ताहरुका अनुसार टाटुमा प्रयोग हुने २१ मध्ये १३ तत्व निकै हानिकारक हुन्छन् । तर यसबारेमा सर्वसाधारण अनभिज्ञ हुने र टाटुको मसी बनाउनेहरुले समेत कुरा गोप्य राख्ने गरेका कारण टाटुबाट हुने हानी फुसको आगोझैँ बढ्दै गएकोमा वैज्ञानिकहरुको चिन्ता छ ।
0 comments:
Post a Comment